राजधानीमा रातभर वर्षा, पुल्चोकमा रुख ढल्दा प्रहरी कार्यालयमा क्षति

काठमाण्डु टुडे २०७६ असार २७ गते ११:५९ मा प्रकाशित

 

काठमाण्डु, २७ असार -ललितपुरस्थित पुल्चोक सडक छेउको रातभरको वर्षाका कारण रुख ढलेको छ।

महानगरीय प्रहरी प्रभाग पुल्चोक अगाडि ढलेको रुखले प्रहरी कार्यालयमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको एसएसपी रवीन्द्र धानुकले बताए।

रुख ढलेका कारण केही समय सडक समेत अवरुद्ध भएको थियो। ढलेको रुख हटाइसकेकाले अहिले सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।

देशका अन्य धेरै ठाउँमा पनि रातिदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले नदी किनार पहिरो जान सक्ने छेउछाउका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us