चिप्लियो यतिएयरलाइन्स जहाज धावनमार्गमा

काठमाण्डु टुडे २०७६ असार २७ गते ११:५९ मा प्रकाशित

काठमाण्डु,२७ -असार नेपालगञ्जबाट यात्रु बोकेर आएको एटी -आर ७२ यती एयरलाइन्सको जहाज शुक्रबार अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

‘धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us