सप्तकोशीमा खतराको बत्ती, २९ ढोका खोलिए

काठमाण्डु टुडे २०७६ असार २७ गते ११:३४ मा प्रकाशित


काठमाण्डु, २७ असार -मंगलबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीको सप्तकोशी नदीको बहाव अझै बढ्दै गएको छ ।
शुक्रबार बिहानको मापन अनुसार १ लाख ६० हजार १ सय क्युसेक रहेको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको २९ वटा ढोका खोलिएको छ भने खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।
गत २०६५ भदौ २ गते मानवीय क्षति हुने गरी सप्तकोशी नदीमा आएको पानीको बहाव १ लाख ६० हजार क्युसेकनै रहेको थियो । त्यसैले पनि अहिले नदी आसपास वस्तीका नागरिकहरु त्रसित रहेका छन् ।
सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजले ७ लाख क्युसेकसम्म पानी थेग्छ भनिन्छ । तर पहाडबाट बगाएर ल्याएको बालुवा कोशी ब्यारेजको उत्तरतर्फ थुप्रिँदै गर्दा कोशी ब्यारेजमा थोरै पानीको बहावले पनि ओभरफ्लोका साथै बाँध भत्काएर बाढी ल्याउन सक्ने अवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us