प्रधानमन्त्रीले आज मन्त्रीहरुलाई फेल पासको नम्बर दिने

काठमाण्डु टुडे २०७६ असार २७ गते ७:४६ मा प्रकाशित

भोजपुर २७ असार- धानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामको वार्षिक समीक्षा सुरु गरेका छन् ।

उनले नयाँ आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा चालु आर्थिक वर्षको मन्त्रालयगत कार्ययोजनाको प्रभावकारिता बुझ्न बिहीबार प्रगति विवरण लिएका छन् ।  प्रधानमन्त्री ओलीले ६ घण्टा बसेर १८ वटा मन्त्रालयको वार्षिक प्रगतिको ब्रिफिङ लिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीलाई विवरण सुनाएका थिए । अधिकांश प्रतिवेदनमा एक वर्षको प्रगति विरण उल्लेख छ । सबै मन्त्रालयको ब्रिफिङ सकिएपछि शुक्रबार प्रधानमन्त्रीले आफ्नो धारण राख्नेछन् । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us