डुब्यो विराटनगर

काठमाण्डु टुडे २०७६ असार २७ गते ७:२४ मा प्रकाशित

विराटनगर, २७ असार- लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् ।


विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us