सरकारमै बसेर सरकारमाथि उपेन्द्रको यस्तो आरोप

काठमाण्डु टुडे २०७६ असार २१ गते २३:३९ मा प्रकाशित

वीरगञ्ज, २१ असार-उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफैं सहभागी सरकार जाति विशेषको मात्र भएको टिप्पणी गरेका छन् ।

उनले सरकार सबै जाति र समुदायको हुन नसकेको आरोप लगाए । यादवले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले संविधानविपरीत काम गरिरहेको बताए । ‘संघीय सरकार कुनै एक वर्ग वा जाति विशेषको जस्तो देखिएको छ’ उनले भने, ‘तर सरकार कुनै एक जाति वा वर्गको लागि मात्र नभइ सबै वर्ग र जातजातिको साझा सरकार बन्नु पर्छ ।’ समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन मधेसी जनाधिकार फोरमनिकट मधेसी स्वाथ्यकर्मी फोरमको वीरगञ्जमा आयोजित कार्यक्रममा यादवले संघीय सरकार संघीयताविरोधी भएको आरोप लगाए ।

प्रदेश सरकारलाई संविधानले दिएका अधिकार पनि कम्युनिस्ट नेतृत्वको संघीय सरकारले खोसेको आरोप उनले लगाए । यादवले संविधान अधुरो र अपूरो रहेको भन्दै संविधन संशोधनको लडाईंमा आफू रहेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us