ओली क्याबिनेट सदस्यको पढाईः मानार्थ डाक्टरदेखि विद्यार्थीसम्म

काठमाण्डु टुडे २०७६ असार २१ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, २१ असार – केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन् ।

कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन् । एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन् ।

प्रमाणपत्र तहमात्र अध्ययन गर्ने क्याबिनेट मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्। ओली सरकारको मन्त्रिमण्डलमा सबैभन्दा बढी स्नातक गरेका नेता छन् । ९ जना मन्त्रीले स्नातकसम्मको अध्ययन गरेका छन् । त्यसैमध्येका वनमन्त्री शक्ति बस्नेत स्नातकोत्तर अहिले परीक्षा दिइरहेका छन् । अन्य स्नातक गरेका मन्त्रीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत छन् । पोखरेलले बीएड अध्ययन गरेका छन् । गृहमन्त्री थापाले रामपुर क्याम्पसबाट आईएस्सीएजी सकेर मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बाली विज्ञानमा स्नातक गरेका छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us