भारतीय प्रहरी नेपाल छिरेको भन्दै राजमोको आपत्ति

काठमाण्डु टुडे २०७६ असार ३ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ३ असार – राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ ।

मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर अर्को देशको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताएका छन् । साथै उनले यस्तो काम स्वतन्त्र र सार्वभौम देशविरुद्धको कुरा भएको बताएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो रु यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बताउँछ । स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्र्राष्ट्रिय कानुनहरुले निश्चित गरेका छन् । कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्दछ ।’

यो घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको रबैयालाई थप उजागर गरेको जनमोर्चाले जनाएको छ । आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको व्यवहार निन्दनीय भएको भन्दै जनमोर्चाले भ्रत्र्सना गरेको छ । यस विषयबारे आवश्यक छानबिन र कारबाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us