कांग्रेसले प्रधानमन्त्रीलाई बाेल्न नदिएपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ असार ३ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, ३ असार – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसले संसद अवरुद्ध गरेर गलत अभ्यास गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा अवरुद्ध गरेको थियो । सभामुख कृष्णबहादुर महराले अर्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

संसद अवरुद्ध भएपछि संचारकर्मीसँगको कुराकानीमा नेता नेपालले गलत अभ्यास भएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन भन्दा अगाडि आफूहरुले बोल्न पाउनुपर्ने माग सगै संसद अवरुद्ध गरेको थियो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले भने सभामुखले प्रधानमन्त्री आगाडि प्रमुख प्रतिपक्ष दललाई बोल्न नदिएकाले अवरुद्ध गर्नु परेको दाबी गरे ।

प्रधानमन्त्री, पूर्वसभामुख र प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा बोल्न चाहेको समयमा बोल्न पाउने अभ्यास रहँदै आएको थियो । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभामा सम्वोधन गर्ने तालिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us