बादलले किन गरे एकैपटक १९ डिआईजीको सरुवा ?

काठमाण्डु टुडे २०७६ जेठ ३२ गते २२:५० मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– गृह मन्त्रालयले नेपाल प्रहरीका १९ डीआईजीको सरूवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्री रामबहादुर थापाको निर्णयमा डिआइजी सरुवा भएको हो । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई पठाइएको छ ।
योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us