
काठमाण्डु, ३१ जेठ – वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले सरकारलाई राजीनामा बुझाएका छन् । डा पौडेलले पाँच दिन अगाडि नै राजीनामा पत्र बुझाएका हुन् ।
सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन उदासिन बनेको आरोप लगाउँदै डा पौडेलले राजीनामा दिएका हुन् ।