
काठमाण्डु, ३१ जेठ – सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयातमा कडाइसँगै उत्पादन बढाएर निर्यात पनि बढाउने रणनीति बनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको व्यापार घाटा न्यूनीकरण रणनीतिले विदेशमा बजार भएका नेपाली उत्पादन बढाएर निर्यात बढाउने रणनीतिको लक्ष्य रहेको छ ।
रणनीतिले सूचना प्रविधदेखि सिमेन्टसम्म निर्यात गर्नसकिने र अन्य सम्भावित उत्पादन खोजी गर्दै जाने लक्ष्य लिएको छ ।
रणनीतिले हाल नेपालमा आइरहेको प्रासोधित पानी निरुत्साहित गर्ने रणनीति लिएको छ। त्यसका लागि गुणस्तर र करको टुल प्रयोग गर्ने उद्देश्य लिएको छ ।
त्यस्तै नेपालको हिमाली क्षेत्रमा रहेको मिनरल वाटरलाई प्रसोधन गरेर खाडी मुलुकमा निर्यात गर्ने लक्ष्य सरकारको छ । त्यसका लागि सरकारले सहयोग र सहजीकरण गरिदिने बताइएको छ ।
अबको १ वर्षभित्रै यो काम सक्ने र ३ वर्षपछि नियमित पानी निर्यात हुने बताइएको छ ।