सरकारद्वारा सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा कडाई

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते ६:३९ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बस विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको हो । जेठ १२ गते सिंहदरबार नजिकै अनामनगर र सुकेधारामा विप्लव नेतृत्वको नेकपाले राखेको टाइम बम विस्फोटमा परी ३ जनाको मृत्यु भएको थियो । त्यसपछि गृह मन्त्रालयका केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेर सुरक्षा सर्तकता बढाउन निर्देशन दिएको थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us