
काठमाण्डु, २९ जेठ – जिल्ला अदालत काठमाण्डुले मिम नेपालका कमेडियन आर्टिस्ट प्रनेश गौतमलाई थप २ दिन हिरासतमा राखी मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।
‘वीर विक्रम– २’ नाम गरेको सिनेमाको युट्युबमा समिक्षा गर्दा सिनेमा क्षेत्रको दुष्टाचार गरेको भन्दै प्रहरीले उनलाई ५ दिनअघि ९जेठ २४० पक्राउ गरेको थियो ।
उनले उक्त फिल्मको व्यङ्ग्यात्मक शैलीमा समिक्षा गरेका छन् । यसरी समिक्षा गर्दा आफ्नो सिनेमा नहेर्न प्रोत्साहन गरेको, आफ्नो सिनेमामा काम गरेका कलाकारको मानमर्दन गरेको लगायतका आरोप लगाउँदै निर्देशक मिलन चाम्लिङ्ले जेठ १० गते जाहेरी दिएका थिए ।
प्रहरीले त्यही जाहेरीका आधारमा अदालतबाट पक्राउ पूर्जी लिएको थियो । उनीमाथि ‘विद्युतीय कारोबार ऐन उल्लंघन’ आरोप लागेको छ ।