नेपाली कांग्रेसलाई विप्लवको साथ !

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १६:४० मा प्रकाशित

काठमाण्डु, २९ जेठ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी विधेयकको विरोध गरेको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधबार विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन् ।

‘गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ,’ प्रकाण्डले प्रश्न गर्दै भनेका छन्, ‘नागरिकको साँस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाइ किन विधेयक निर्माण गरिँदैछ ?’

विधेयकको विरोधमा शान्तिपूर्ण र वैधानिक संघर्षमा सरकारले दमन गरेको भन्दै प्रकाण्डले दमनको निन्दा गरेका छन् ।

घटनाका घाइतेको उपचारको व्यवस्था र न्यायपूर्ण समाधानका लागि उनले सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसलगायतका राजनीतिक दलहरुले गुठी विधेयकको विरोध गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us