बेलायतमा गोरखा सैनिकबाट प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १३:३७ मा प्रकाशित

बेलायत, २९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए ।

१९ वर्षपछि बेलायत भ्रमणमा पुगेका नेपालका प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको संगीत बजाएर स्वागत गरेका थिए ।

उनलाई ब्रिगेडमा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन् । त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us