
काठमाण्डु, २८ जेठ – शखमुलको शानदार मःम: पसलमा भीषण आगलागी भएको छ ।
आगलागीबाट शानदार मःम: पसल रहेको घरको भुइँतला पुरै जलेको छ । आगलागी भएपछि काठमाण्डु र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।
यसै आगालागीमा परी शानदार मःम पसलमा कार्यरत एक कामदार रामकृष्ण बुढाथोकी जलेर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको बताइएको छ ।
आगलागीपछि भित्रै फसेकी एक महिलाको भने आगो नियन्त्रणमा ल्याइसकेपछि मात्रै बाहिर निकिलिएको छ । यस आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।