सन्डे आइसक्रिमको टेष्ट छुट्टै

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ७:१५ मा प्रकाशित

sundayकाठमाण्डु, ५ वैशाख – उखलमौलो गर्मीका बेला प्राय युवायुवतीको ध्यान अहिले आइसक्रिममा तर्फ खिंचिएको छ । अहिले बजारमा बिभिन्न थरीका आइसक्रिम पाइएपनि ललितपुरको जावलाखेलमा रहेको सन्डेई क्याँफे एण्ड बारकमा पाईने सन्डे आइसक्रिमको टेष्ट छुट्टै छ ।

सन्डेई क्याँफे एण्ड बार आइसक्रिमले मात्र प्रसिद्ध छ्रैन् , यसको अलावा नेवारी परिकार, मम,बर्गर, पिज्जा, स्याण्डवीच लगायत खानेकुरा पनि त्यहाँ पाइन्छ । सन्डे आइसक्रिम राजधानीमा बिरलै पाइन्छ ।

सन्डेई क्याँफे एण्ड बारमा पाइने सन्डे आइसक्रिम मदनकृष्ण महर्जनले नै बिभिन्न आर्कषण डिजाइनमा बनाउने गरेका कारण त्यो झन प्रख्यात छ । ५ वर्ष अघि मदन सहित रमेश महर्जनले जावलाखेल चोकदेखि १ सय मिटर पश्चिम तर्फ चिडियाखानाको पार्किङको छेउमा उक्त क्याँफे खोलेका हुन् । स्नातक तहको अध्ययनका क्रममा मदनकृष्णले काठमाडौंको एक आइसक्रिम पार्लरमा काम गर्ने अवसर पाएका थिए ।

सोहि बखत काम सिकेका मदनले अहिले बिभिन्न आर्कषक डिजाइनमा आइसक्रिमको डिजाइन गर्दछन् । उनको डिजाइन मन पराएर क्याँफेको धाउने युवायुवतिको जमात पनि बाक्लै छ ।
सात आना जग्गामा फैलिएको क्याँफेको परम्परागत शैलीका २ वटा भवन छ ।

नजिकै रहेको चिडियाखानाको चराचुरुङगी सेक्सन पनि क्याँफेमा खानेकुरा खादै हेर्न सकिन्छ । आफनै बार रहेको सन्डेइमा सोफा देखि सुकुल सम्ममा बसेर आनन्द लिन सकिन्छ । फेमली हलको पनि सुविधा छ ।
काठलाइ कलात्मक तरिकाले कुदेर बनाइएको भवन देख्ने वित्तिकै जो कोहीलाइ आफ्नोपनको आभास हुन्छ । १ सय २० जनाले एक पटकमा सेवा लिन सक्नेछन् सन्डेइबाट । किचन ओपन भएकाले त्यहा बन्ने खानेकुराबाट सन्तुष्ट नै देखिन्छन् सेवाग्राहीहरु पनि ।

सन्डेई नजिकै झम्सिखेलम दर्जनौ रेष्टुरेन्ट छ । तर ति रेष्टुरेन्टहरुलाई सन्डेइले माथ खुवाइदिएको छ । प्रतिप्रष्र्धा भन्दा पनि सेवाग्राहीलाई कसरी सन्तुष्ट दिने भन्ने संचालकद्धय लागिपरेका छन् । सन्डेइले उपभोक्तालाई दिने कसरमा कुनै बाँकी नराखेका कारण सेवाग्राहीहरु पनि आउने गरेको उनीहरु बताउँछन् । सेवाग्राहीको साथ पाएर नै सन्डेईले चाडै ललितपुरको मंगलबजार र भक्तपुरमा पनि आफनो साखा बिस्तार गर्देछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us