गुठी विधेयकको विरोधमा उत्रिएकामाथि प्रहरीको लाठी चार्ज

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, २६ जेठ – गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपका क्रममा झडपमा हुँदा केही सामान्य घाइते भएका छन् ।

प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरी हिरासतमा लिएको छ । प्रदर्शनमा उत्रिएकाले राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको विधेयकले परम्परादेखि चलिआएको गुठी परम्परा सकिने र गुठीको जग्गा पनि निजीकरण हुने बताएका छन् ।

उनीहरुमाथि प्रहरीले दमन गरेर माइतीघर मण्डलाबाट तितरबितर पारेको छ । विशेष गरेर नेवार समुदायमा गुठी परम्परा रहँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us