अन्य देशबाट नेपालका विश्वविद्यालयले सिक्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ – राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्ने बताएक छिन् ।

राष्ट्रपति भण्डारीले अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्ने पनि स्पष्ट पारिन् ।

आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनलाई राष्ट्रपति भवन शीतल निवासमा उद्घाटन गर्दै उनले उच्च शिक्षालाई समय सापेक्ष र जनमुखी बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने पनि स्मरण गराइन् ।

राष्ट्रपति भण्डारीले सो सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखी शिक्षाको प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरिन् । उनले विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य रहेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पु¥याउनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. तीर्थराज खनियाले विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारिन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्यान्ड, भारत, सिंगापुर र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको पनि त्रिभुवन विश्वविद्यालयका उपकूलपति खनियाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us