मेयरको आक्रोशः योगेश भट्टराई र शंखर पोखरेल मात्र फेसबुक चलाउन जान्दछन् ?

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २६ जेठ – इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले आफ्नै पार्टीका वरिष्ठ नेतामाथि आक्रोश पोखेका छन् । मेयर चौधरीले आफूविरुद्ध कुरै नबुझी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र योगेश भट्टराईले प्रतिक्रिया दिएको भन्दै रोष प्रकट गरेका छन् ।

पत्रकाहरुसँग कुरागर्दै मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी फेसबुक स्टाटस लेखेको बताए ।

‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने । उनीहरू मात्र जान्दछन् ?’, उनले भने, ‘हामी जान्दैनौँ ? उहाँहरूले घटनाबारे मलाई फोन गर्न सक्नुहुन्नथ्यो ?’

दुवै नेताहरूको फेसबुक स्टाटसका सन्दर्भमा उनले सार्वजनिक रुपमा माफी माग्ने कुरा उचित नभएको स्पस्ट पारे । पछिल्लो समय मेयर चोधरीले एक पत्रकारलाई नाकको डाँडी भाँच्न एक करोड छुट्टयाएको छु भन्ने अभिव्यक्ति दिएपछि नेकपाका शीर्ष नेता रुष्ट बन्दै आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us