भाजपाको झण्डा हटाउँदा गोली हानाहान, चार जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७६ जेठ २६ गते ११:१७ मा प्रकाशित

कोलकाता, २६ जेठ – भारतको पश्चिम बंगालमा आइतवार भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् । पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन् ।

समाचार अनुसार भाजपाको झण्डा निकालिएपछि गोली हानाहान भएको हो । भाजपाले आफ्ना तीन र तृणमूलका एक कार्यकर्ताको मारिएको जनाएको छ । भाजपाका प्रदेश महासचिव सायंतन बसुले भने, ‘संदेशखलीमा तृणमूल कार्यकर्ता भाजपाको झण्डा निकालिरहेका थिए । हाम्रा कार्यकर्ताले रोक्न खोज्दा गोली चलाइदिए ।’

उता तृणमूलले भने कार्यकर्ताले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ । तनावलाई देखेर त्यहाँ ठुलो संख्यामा पुलिस परिचालित गरिएको छ ।

सायन्तन बसुले गोली चलाइँदा सुकान्ता मण्डल, प्रदीप मण्डल र शंकर मण्डलको ज्यान गएको छ । तीनैजनाको शव बरामद भइसकेको छ । अझै दुई कार्यकर्ता बेपत्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us