
काठमाण्डु, २६ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य वदली रहने र बाँकी भागमा आंशिक वदली रहने जनाएको छ ।
महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भू–भागका केही र पश्चिमी पहाडी भू–भागका थोेरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो पूर्वका तराई–पहाड दुवै तथा मध्य र पश्चिमका पहाडी भूभागमा मेघ गर्जनसहिहत वर्षा हुने संकेत देखिएको छ ।
साथै पूर्वका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ । विराटनगर, धनकुटालगायतका क्षेत्रमा यस्तो सम्भावना देखिए पनि एकिनै गर्न गाह्रो हुने उनले बताए ।
यस्तो छ तीन दिनको मौसमः
जेठ २६ गते
दिउँसोः देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । दिउँसो वा साँझपख देशका पुर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी पहाडी भू–भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । साथै पूर्वी भू–भागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
रातिः देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
जेठ २७ गते
दिउँसोः देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
जेठ २८ गते
दिउँसोः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।