विप्लवका कार्यकर्ता बैठक बसिरहेको स्थानमा प्रहरीले घेरा हाल्यो

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १०:०८ मा प्रकाशित

पोखरा, २६ जेठ – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको हो ।

कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आमा समूहको भवनमा बैठकमा बसिरहेका उनीहरुलाई घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन् ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, विकास पार्टी जिल्ला सेक्रेटरी भएको खुलेको हो । त्यस्तै काजी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष तथा राई जिल्लास्तरीय नेता हुन् ।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us