
काठमाण्डु, २३ जेठ – बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको ज्यान गएको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा बानेश्वरको एभरेष्ट अस्पतालमा ताम्राकारको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडी सवार काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका साइकल चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।