सञ्चारकर्मीविरुद्ध अफवाह फैलाउनेमाथि कारबाही गर्न माग

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – नेपाल पत्रकार महासंघले सञ्चारकर्मीविरुद्ध अफवाह फैलाउनेलाई कानूनी कारबाहीको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसमक्ष माग गरेको हो ।

ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालको दुरुपयोग गरी कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्मसम्मानमा चोट पुर्‍याएको समेत महासंघको निष्कर्ष छ । शाहीले केही समयदेखि कर्णाली प्रदेशका केही पत्रकारको नामै तोकेर सामाजिक सञ्जालमा भ्रष्टचारीको आरोप लगाउँदै आएका थिए । उनी प्रहरीको कुटपीटबाट घाइते समेत भएका छन् ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघ सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।’

सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्सायी बनाउने र असुरक्षित बनाउने गरेको समेत महासंघको ठहर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us