चट्याङग लागेर एकजनाको मृत्युु

काठमाण्डु टुडे २०७६ जेठ १७ गते ११:१२ मा प्रकाशित

रौतहट, १७ जेठ – जिल्लाको दक्षिणीभेग मौलापुर नगरपालिका नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एकजनाको घटनास्थलमै मृत्युु भएको छ ।

गएराती करीव ८ बजे हावाहुुरीसंगै परेको चट्याङग लागेर सोनरनियाका ४० बर्षिय जयसी पटेलको मृत्युु भएको हो ।

पानी परिरहेको अवस्थामा खपडाको छाना भएको घरको छानामा चट्याङग लाग्दा पटेलको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

चट्याङग लागेर पटेलको सोही घरमा रहेको दुुईवटा खसी बाख्रा समेतको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us