जसले ह्वाइट हाउस अगाडि आगो लगाएर प्राण त्यागे…

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १७:२० मा प्रकाशित

एजेन्सी । एक व्यक्तिले अमेरिकी सदन ह्वाइट हाउस अगाडि आफैंलाई आगो लगाएर आत्महत्या गरेका छन् ।

वासिङ्टन डिसीस्थित ह्वाइट हाउस नजिक इलिप्स पार्कमा बुधबार मध्यान्न ती व्यक्तिले आफैंमाथि आगो लगाएका हुन् ।

उनले शरीरमा आगो लगाएर एताउता कुदेका थिए । तत्काल सुरक्षाकर्मीले पानी हालेर उनको शरिरको आगो निभाए पनि उनी जीवित हुन सकेनन् । आगो लागेका उक्त मानिसको शरीर ८५ प्रतिशत जलेको छ । उनको नाम सार्वजनिका गरिएको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us