जापानको नारिता एयरपोर्टमा रोबोटको प्रयोग

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १६:०७ मा प्रकाशित

एजेन्सी । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ ।

जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाईका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रबद्र्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us