
काठमाण्डु, १६ जेठ – अर्थमन्त्रालयमा अपरान्ह आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन यसअघि ललितपुरको होटल हिमालयमा गर्ने भनिएपनि स्थान परिवर्तन गर्दै अर्थमन्त्रालयमा सारिएको हो ।
यसअघि सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा होटल हिमालयमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको जनाएका थिए । त्यसको केही घण्टा नवित्दै मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनसम्बन्धी पहिलो ट्वीटर हटाउँदै स्थान परिवर्तन गरेर अर्थमन्त्रालयमा राखिएको जनाएका छन् ।
यसअघि सरकारले नियमित मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा प्रत्येक बिहीबार पत्रकार सम्मेलन गर्दै आएको थियो ।
आजको पत्रकार सम्मेलनमा सञ्चार मन्त्री बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय जनाकारी गराउने छन् भने अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने बुझिएको छ । होटलमा पत्रकार सम्मेलन गर्दा थप विवाद हुने देखेपछि स्थल परिवर्तन गरिउको आकंलन गरिएको छ ।
भन्त्री बाँस्काेटाले भनेका छन्, ‘नेपाल सरकारले साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे अर्थ मन्त्रालयको सुवर्णहलमा हुने सबै पत्रकार साथीहरूमा जानकारी गराईन्छ । पत्रकार सम्मेलनमा माननीय अर्थमन्त्री युवराज खतिबडा र सरकारको प्रबक्ता समेत गरि दुबै मन्त्री रहने छौ ।’