प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १६ जेठ – प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने झापाको दमक–१६ का अभिषेक कार्की पक्राउ परेका छन् । उनले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ दिन खोजेका थिए ।

१३ जेठमा लागुऔषध मुद्दाका थुनुवा कालिकोट राजकोट–६ का नवीन शाही ठकुरीलाई भेट्न जाँदा भाइ पुजन बम ठकुरी र साथी धर्मेन्द्र लिम्बुले चाउचाउमा लुकाएर लागूऔषध लगिदिएका थिए ।

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीलाई खबर गरेर घुस दिन लागेको रकमसहित अनुसन्धानका लागि बुझाएका छन् ।

अख्तियारले कार्कीको साथमा रहेको १ लाख २० हजार रुपैयाँ पनि बरामद गरेको छ । राष्ट्र सेवक प्रहरी कर्मचारीलाई अनुचित प्रलोभनमा पार्न खोज्नु कानुनविपरित भएकाले कार्कीलाई कारबाही गरिएको डीएसपी थापा बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us