अझै नरोकिने भयो पानी, यस्तो छ मौसम विभागको अनुमान

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, १६ जेठ – आजदेखि शनिबारसम्म देशका धेरै ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तराई क्षेत्रबाहेक बाँकी भूभागमा आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने सम्भावना देखिएको हो ।

मौसमविद् मञ्जु बासीका अनुसार आज पूर्वका तराई र पहाड दुवै तथा मध्य र पश्चिम क्षेत्रका पहाडी भेगमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ ।

पूर्वी क्षेत्रमा दिउँसोदेखि नै तथा काठमाण्डु उपत्यकासहित मुलुकको पहाडी भेगमा साँझपख मेघ गर्जनसहित वर्षा हुने संकेत देखिएको मौसमविद् बासीले बताइन् ।

यस्ताे छ तीनकाे माैसमी अनुमान:

जेष्ठ १६ गते (विहीबार):

दिउँसो: देशका पूर्वी भु–भागमा  आंशिक देखि सामान्य बदली,  मध्य भु–भागलगायत पश्चिमी पहाडी भू-भागमा  आंशिक बदली  र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भू–भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

राति: देशका पूर्वी भू–भाग लगायत  मध्य र पश्चिमि पहाडी भू–भागमा  सामान्य वदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भू–भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

जेष्ठ १७ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदली, पश्चिमी पहाडी भू–भागमा  आंशिक बदली  र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भू–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशका पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमाहरुमा आंशिक देखि सामान्य बदली, मध्य तराईका भू–भागमा  आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

 जेष्ठ १८ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू–भागहरुमा सामान्य बदलि रही बाँकी भू–भागहरुमा  आंशिक बदली  रहने रहनेछ । पूर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशका पूर्वी भु–भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू–भागमाहरुमा आंशिक देखि सामान्य बदली,  बाँकी भूभागमा आंशिक वदली रहने छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भेगका  केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us