बजेटमा राखिएको यो प्रावधानः जसले जनताको ढाड सेक्ने काम गर्छ

काठमाण्डु टुडे २०७६ जेठ १५ गते २२:१४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– पेट्रोल र डिजेलमा यसअघि लाग्दै आएको घरमा वृद्धि गरिएको छ ।


आर्थिक वर्ष ०७६/०७७ को अनुमानित आय तथा व्यवको विवरण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिलिटर एक रुपैयाँ कर वृद्धि गरेका हुन् । सरकारले यसअघि लिटरमा ४ रुपैयाँ कर लिँदै आएको थियो । संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा अर्थमन्त्रीले पेट्रोलियममा कर बढाएका हुन् । उक्त रकम सडक मर्मतमा खर्च गर्ने गरिएको छ । यसबाट सरकारलाई अर्बौं राजश्व उठ्ने गरेको छ । झट्ट हेर्दा लिटरमा एक रुपैयाँ वृद्ध सामान्य लागे पनि यसले चौतर्फी मूल्यवृद्धि भई सर्वसाधारणलाई मार पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us