लोकसेवाले माग्यो ९ हजार भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो ।

सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ ।

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० गतेसम्म छ ।

स्थानीय तहहरुले १४ हजार बढी कर्मचारीहरु आवश्यक रहेको भन्दै विज्ञापन खुलाइदिन संघीय लोक सेवा आयोगलाई भनेका थिए । तर, ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खोलिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us