एक दशकपछि नेपालको विद्युत विश्वकै सस्तो हुन्छः कुलमान घिसिङ

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक दशकपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् ।

बाराको सिमरा विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले नेपालमा सञ्चालित हाइड्रो पावरहरु निजी क्षेत्रले बढीमा ३० वर्षसम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हुँदा बिजुली सस्तो हुने बताएका हुन् ।

‘निजि क्षेत्रले सरकारलाई हाइड्रो पावर हस्तान्तरण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ,’ उनले भने, ‘जसले गर्दा हामी विश्वकै सस्तो दरमा बिजुली वितरण गर्न सक्छौँ । यो भावी पुस्ताका लागि खुसीको खबर हो ।’ उनले भने लोड सेडिङका समयमा विद्युत प्रयोग गरेका सबै उद्योगले ढिलो चाँडो महशुल बुझाउनु पर्ने बताए ।

लोडसेडिङका बेला स्वीकृति नलिई २४ सैँ घण्टा विद्युत आपूर्ति भएको समयको महशुलबारे थप अनुसन्धान भइरहेको घिसिङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us