जाजरकोट, ३ वैशाख – जाजरकोटमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । खलंगाबाट पाँचकाटियातर्फ गइरहेको भे १ ज ६०४ नम्बरको जिप खलंगा ६ दारतातोपानीमा दुर्घटना हुँदा ढिमे ४ रामराजा सिंह र खलंगा ७ तिमिलेका दण्डवीर वलीको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।