
बैतडी, २ जेठ — मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ ।
मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा अध्ययनरत ती छात्राको मृत्युको कारण खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक किशोरीको कोठामा भेटिएको सामानका आधारमा मेलौली–१ का प्रशान्त क्षेत्रीलाई पक्राउ गरिएको छ । किशोरीको कोठामा प्रशान्तको पर्स फेला परेको आधारमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले बताएको छ ।