आयुर्वेद शिक्षण अस्पताल प्रशासन दश दिनदेखि बन्द

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ७:३८ मा प्रकाशित

 काठमाण्डु, ३ वैशाख – कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ ।

त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ, आयुर्वेद क्याम्पस एकाइले विभिन्न मागसहित गत चैत २४ गतेदेखि सो क्याम्पस र शिक्षण अस्पताल प्रशासन अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी र आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरका कर्मचारीको सेवा सुविधा तथा यातायात, स्वाथ्योपचारमा विभेद गरेको लगायतका माग उठाउँदै चरणबद्धरुपमा आन्दोलन गरिँदैै आएको त्रिवि कर्मचारी सङ्घ आयुर्वेद क्याम्पस एकाइका सभापति कृष्ण भारतीले जानकारी गराए ।

कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन तथा क्याम्पस प्रशासन दुवैले चासो नदिएको जानकारी गराउँदै उनले मागको उचित सम्बोधन नहुँदासम्म तालाबन्दी जारी रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us