संसदमा माओवादीको प्रश्न, ‘सुशील कोइराला कोबाट परिचालित ?’

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख–  एकीकृत माओवादीले सरकार विदेशी शक्तिको इशारामा शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।
baburamव्यवस्थापिका–संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बाबुराम भट्टराईले सरकार विदेशी शक्तिको इशारामा द्वन्द्वकालिन मुद्धा ब्युँताएर मुलुकलाई संकटतर्फ धकेल्न उद्धत रहेको बताए ।

उनले फुजेललगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरे । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिनसम्बन्धी आयोग गठनको मस्यौदा संसदमा पेश गर्ने तयारी भइरहेका बेला व्यक्तिव्यक्ति समातेर जेल हाल्नु सरकारको बेइमानी भएको भनाइ उनको थियो ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग संसदमा पेश हुनै लागेका बेला सरकारका तर्फबाट जसरी मुद्धा लगाइएको छ, यसले सरकार शान्तिप्रक्रिया भाँड्न उद्धत रहेको देखिन्छ’, भट्टराईले भने । प्रमुख तीन दलका नेताबीच केही दिनअघि बाबुलाटारमा बसेको बैठकमा सरकार नेतृत्वकर्ता काँग्रेस र एमालेका नेताहरुले समेत द्वन्द्वकालीन घटनामा मुद्धा चलाउन नहुने धारणा राखेको भन्दै उनले प्रधानमन्त्रीको दबाबमा मुद्धा चलाइएको बताए । उनले प्रधानमन्त्री सुशील कोइरालालाई शानितप्रक्रिया विरोधीको संज्ञा दिए ।

‘अध्यक्ष प्रचण्ड र म शान्तिप्रक्रियामा आउने बेलामै स्वर्गीय जिरिजाप्रसाद कोइरालाले मेरै जनिकका व्यक्तिले शान्तिप्रक्रिया भाँड्न खोजिरहेका छन् भन्नुभएको थियो, ‘भट्टराईले भने, ‘कतै उहाँले वर्तमान प्रधानमन्त्रीलाई नै त संकेत गर्नुभएको थिएन भन्ने आशंका जन्मिएको छ’ उनले राजनीतिक आन्दोलनका क्रममा भएका घटनाको राजनीतिक तवरले समाधान गर्नुपर्नेमा पूरानै फौजदारी कानुनअनुसार कारबाही गर्न खोजेर प्रधानमन्त्री आफैंले आफूलाई शान्तिप्रक्रियाविरोधी भएको देखाउन खोजेको उनको भनाइ थियो ।

उनले फुजेलसहित बारा, महोत्तरीलगायत जिल्लामा द्वन्द्वकालीन मुद्धा लगाएका कार्यकर्ता रिहा नगरेसम्म संसद अवरुद्ध गर्न बाध्य हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us