पुरानो नेतृत्वले एमाले थेग्न सक्दैन: बामदेव गौतम

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ५:२८ मा प्रकाशित

bamdevकाठमाण्डु, ३ बैशाख – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी स्थापनाकालिन नेतृत्वले एमाले थेग्न नसक्ने बताएका छन् ।

पार्टीको नेतृत्व हस्तान्तण हुनुपर्ने जिकिर गर्दै गौतमले आसन्न ९औं महाधिवेशनबाट नेतृत्व अर्को पुस्तामा जानुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघले बुधवार काठमाण्डुमा गरेको कार्यक्रममा गौतमले अध्यक्षका आकांक्षी देखिएका माधवकुमार नेपाललाई संकेत गर्दै भने मदन भण्डारीको निधनपछि जसले नेतृत्व गरे अझै पनि उसले दावी गर्नु भनेको अत्याचार भएको बताए ।

यसरी पार्टी चल्न नसक्ने उनको भनाई थियो । पार्टीको नेतृत्व आफूले गर्ने सहमतिमा उनले संसदीय दलको नेतामा केपी ओलीलाई समर्थन गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us