बौद्धमा प्रहरी जवानमाथि लाग्याे सिक्री लुटेकाे आराेप

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १३:३८ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – सिक्री लुटेको आरोपमा एक जना प्रहरी कारबाहीमा परेका छन् । गत बिहीवार बौद्धमा सडक पिच गर्न माग गर्दै प्रर्दशनमा उत्रिएका व्यापारीको सिक्री लुटेको आरोपमा प्रहरी जवान अमिर श्रेष्ठलाई निलम्बन गरिएको छ ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले कारबाही गरेको हो । बौद्धमा धुलोमुक्त बनाउन पिच गर्नुपर्ने भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प पारेका थिए । बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो बन्द गरिएको थियो ।

यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो । यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदर्शनकारी नियन्त्रण लिने क्रममा प्रहरीले लगाएको सिक्री लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ । जवानले सिक्री चुँडिएको भन्दै आफैंसँग राखेका थिए । प्रहरीले आज विहान प्रर्दशनकारीको सिक्री फिर्ता दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us