
काठमाण्डु, ३ वैशाख – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल गाडी दुर्घटनामा परेका छन् ।
काठमाण्डूबाट कञ्चनपुर जाँदै गरेका दाहाल सवार बा ११ च ५२२० नम्बरको गाडी मगलबार बर्दियाको बबईपुल नजिकै पल्टिदा उनीसहित तीन जना सामान्य घाइते भएका छन् ।
घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रकाशले बताए ।
दुुर्घटना लगत्तै सुरक्षाकर्मीले प्रकाशसहित तीनै जनालाई उपचारका लागि अस्पताल लगेका थिए ।
साइकललाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर पल्टिएको उनले बताए ।