
काठमाण्डु, २ वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले फुजेल हत्याका दोषीमाथि कारबाहीको माग राखेर आमरण अनशन बस्दै आएका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
मंगलबार वीर अस्पताल पुगी पौडेलले सरकारले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइसकेकाले अनशन तोड्न आग्रह गरेका हुन् ।
पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको भन्दै पौडेलले अनशन तोड्न भनेको जानकारी दिए । तर अधिकारी दम्पत्तिले छोरा कृष्णप्रसाद हत्याका दोषीमाथिको कारबाही प्रक्रियामा ढिलाइ भएको भन्दै अनशन नतोड्ने बताएका थिए ।
अधिकारीका अनुसार पौडेलले कारबाही प्रक्रिया सुरु हुँदासमेत अनशन बसे धेरैको सहानुभूतिमा कमी आउने भन्दै तत्काल अनशन छाड्न भनेका थिए ।