
चितवन, २ वैशाख– एमाले युवा संघ अध्यक्ष महेश बस्नेतले नवौं महाधिवेशनबाट पार्टी नेतृत्व नेता केपी ओलीको हातमा जाने बताएका छन् ।
चितवनको भरतपुरमा मंगलबार आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले अध्यक्षमा केपी ओलीको विकल्प नरहेको दाबी गरे ।
उनले एमाले बचाउन र गुटबन्दी अन्त्यका लागि ओलीलाई जसरी पनि जिताउने बताए । ‘एमाले बचाउन केपी ओलीको विकल्प छैन’, बस्नेतले भने, ‘हामी पार्टी एकताका लागि जसरी पनि उहाँलाई जिताउँछौं ।’
उनले नेता ओलीको स्वास्थ्यको विषयलाई लिएर पार्टीभित्रै राजनीति भइरहेको आरोप लगाए ।