
काठमाण्डु, २ वैशाख– अर्थमन्त्री रामशरण महतले विदेशी ग्रिनकार्ड र पीआर लिएका सरकारी कर्मचारीलाई
कारबाही नहुने अभिव्यक्ति दिएकामा क्रुद्ध बनेका छन् ।
मन्त्री पण्डितले मन्त्री वा प्रधानमन्त्री कसैले भन्दैमा आफू त्यस्ता कर्मचारीमाथि कारबाही गर्ने अभियानबाट पछि नहट्ने बताए । अमेरिकाको भर्जिनियामा आइतबार नेपाली समुदायले गरेको कार्यक्रममा मन्त्री महतले अर्को देशको स्थायी बसोबास अनुमति लिएका कर्मचारीमाथि कारबाही गर्ने कानुन नभएको बताएका थिए ।
‘जुनसुकै मन्त्री वा प्रधानमन्त्रीले अमेरिकामा बोलेर मलाई केही फरक पर्दैन’, पण्डितले काठमाण्डु टुडेसँग भने, महतजीले के भन्नुभयो भन्ने कुरासँग मेरो सरोकार छैन, मेरो अभियानमा जनताको समर्थन छ, पछि हट्दिन ।’
पण्डितले विदेशको स्थायी बसोबास अनुमति लिएका कर्मचारीविरुद्ध कारबाही गर्नेसम्बन्धी कानुन निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए । प्रधानमन्त्रीकै पार्टीका शक्तिलाशी मन्त्री नै तपाईको अभियानको विरोधमा लागेपछि तपाईंको अभियान सफल होला र ? भन्ने प्रश्नमा उनले भने, भोलि सकैले नेपाल नै बेच्छु भन्यो भने मैले कसरी उसको मुख थुन्ने ?’
आफ्नो प्रस्ताव असफल भए जनतामा जाने भनाइ उनको छ । प्रस्ताव असफल भए के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म कसैको दबाबमा पछि हट्दिन । प्रस्ताव असफल भए परिस्थिति हेरेर निर्णय गर्छु ।’
पण्डितले नेपालको सरकारी जागिर खाएर विदेशको कार्ड लिने कर्मचारी देशद्रोही भएको बताए ।