
काठमाण्डु, २५ वैशाख – अमेरिकी डाइभर्सिटी भिसा (इडीभी) २०२० को नतिजा गएराति सार्वजनिक भएको छ ।
काठमाण्डुस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको इडीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो ।
डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिन दूतावासले सर्वसाधारणमा आग्रह गरेको छ ।
नेपाली समयअनुसार मंगलबार राति डीभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो । अमेरिकी इडीटी समयअनुसार यो नतिजा मंगलबार मध्याह्नपछि सार्वजनिक भएको हो ।
नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो । यो कार्यक्रमअन्तर्गत अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ । अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
डीभी भर्नेहरुले सोझै https://dvlottery.state.gov/ मा गएर आफ्नो नतिजा हेर्न सकिनेछ ।