वातावरण जोगाउनका लागि सगरमाथा आरोहण गर्ने

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ९:२६ मा प्रकाशित

काठमाण्डू, २ बैशाख । क्लाइम्बिङ् क्लब नेपालको अगुवाइमा तीन जना नेपालीले विश्व शान्तिका लागि वातावरण जोगाऔं भन्ने उधेश्यले संसारभर सन्देश फैलाउन विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत सातै महादेशका अग्ला हिमशिखरहरु समेत आरोहण गर्ने भएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै क्लाइम्बिङ् क्लब नेपालले विश्व शान्तिका लागि वातावरण जोगाऔ भन्ने नाराका साथ सेभेन समिट एक्सपेडिसन फर ग्लोवल पिस क्याम्पेन २०१४ नामक प्रथम नेवा सगरमाथा आरोही रामकृष्ण श्रेष्ठ, प्रथम जिरेल सगरमाथा आरोही लालबहादुर जिरेल र नीमा शेर्पाको टोली २०७१ बैशाख ३ गते काठमाण्डौबाट सगरमाथा क्षेत्र प्रस्थान गर्ने जानकारी समेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लाइम्बिङ् क्लब नेपालका अध्यक्ष रामकृष्ण श्रेष्ठले विश्वमा देखापरेको विश्वतापक्रमको वृद्विले पारेको असरलाइ कम गर्नका लागि पनि विश्वको अग्लो शिखर सगरमाथा लगायत सातै महादेशका ठूला हिमशिखरहरको आरोहण गरी सन्देश दिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us