सर्वसाधारणविरुद्ध मुद्धा दायर गरेको भन्दै माओवादीको आपत्ति

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ९:४० मा प्रकाशित

cpn_maoistकाठमाण्डू,२ वैशाख– नेकपा – माओवादीले फुजेल प्रकरणमा १३ जना सर्वसाधारणविरुद्ध सर्वश्वसहित जन्मकैदको अभियोगमा मुद्धा दायर गरेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दे प्रवक्ता पम्फा भुसालले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिनसम्बन्धी विधेयकविपरित सरकारले मुद्धा चलाएको भन्दै आपत्ति जनाएकी हुन् ।

सशस्त्र द्वन्दका क्रममा घटेका घटनालाई सरकारले एकतर्फी ढङ्गले “अपराधिक क्रियाकलाप” भन्दै मुद्दा दायर गर्ने निहुँमा सर्वसाधारण एवम् नेकपा–माओवादीका कार्यकर्ता समेतलाई दुःख दिई आतङ्क फैलाउने काम गरेकोमा सरकारका यसप्रकारका गैह्र जिम्मेवारीपूर्ण तथा निरङ्कुश रवैयाप्रति नेकपा–माओवादी घोर भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ ।

 सरकारले सत्य निरुपण तथा बेपत्ता नागरिकसम्बन्धी कानुनको हवाला दिइरहेको माओवादीको आरोप छ । देशव्यापी रुपमा जनयुद्धका मुृद्दाहरु लगाउँदै जनतालाई आतङ्कित पारिरहेको कार्यले शान्तिप्रक्रिया विथोलिएको माओवादीको भनाइ छ ।

फुजेल प्रकरणलगायतका यसप्रकारका सम्पूर्ण मुद्दाहरु सरकारले फिर्ता लिई राजनीतिक सहमति कायम गर्दै अघि बढ्न उसले सुझाव दिएको छ । अन्यथा, यसबाट उत्पन्न सम्पूर्ण समस्याको जिम्मेवार सरकार हुने माओवादीले चेतावनी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us