नयाँ शक्ति र फोरमको एकतासभामा कांग्रेस नेता

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पुगेका छन् ।

पूर्वसभामुखसमेत रहेका ढुंगाना कांग्रेसबाट प्रतिनिधिसभामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार थिए ।

उनलाई तत्कालीन एमाले–माओवादी गठबन्धनका महेश बस्नेतले पराजित गरेका थिए । दुई पार्टी एकताको शुभकामना दिन ढुंगाना कार्यक्रममा आएका नयाँ शक्ति नेपालका नेता नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us