नेपालमा फानीको असर सकियो, मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले फानीको असर नेपालमा गएको रातिबाट सकिएको जनाएको छ । तथापि प्रिमनसुनी गतिविधि र पश्चिमी वायुको प्रभावले गर्दा देशको पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज दिउँसो देशको पुर्वी भूभाग,मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने जनाइएको छ । पूर्वी पहाडी भूभागका थोरै स्थान तथा मध्य र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेका जनाइएको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । त्यस्तै पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । पूर्वी र मध्य पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाको अनुमान छ ।

त्यस्तै, भोलि राति देशको पहाडी भूभागमा आंसिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने तथा पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने तथा पूर्वी र मध्य पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति देशको पहाडी भूभागमा आंसिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने तथा पूर्वी र मध्य पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानको बुलेटिनमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us